सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी



काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ ।

केहीबेर अघिदेखि जारी बैठकमा प्रधानन्यायधीश नियुक्तिको सिफारिसको विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन ।