संसदलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

संसदलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु



काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारी गराउँदै संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो ।

आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको बताइएकाे छ ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।