आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ



हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने हेटौंडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । 

बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडा आएकी आरजुलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।