जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदै

जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदै


ग्लोब नेपाल
324
Shares

काठमाडौं । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाको विवाह अर्को महिना हुँदैछ ।

गत मार्चमा जोर्डनकी राजकुमारीको विवाह सम्पन्न भएको एक महिना पछि शाही परिवारमा अर्काे बिबाह हुन लागेको हो ।

जोर्डनको शाही परिवारकी हुनेवााल बुहारी रज्वा खालिद साउदी अरबकी हुन । उनको जन्म २८ अप्रिल १९९४ मा रियादमा भएको थियो। उनले न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयबाट वास्तुकलाको अध्ययन गरेकी छिन् ।

सो बिबाहका लागि इन्गेजमेन्ट समारोह गत अगस्त २०२२ मा भएको थियो । 

आफनो घरमा भएकाे साे इन्गेजमेन्टका तस्बिरहरू जोर्डनकी महारानी रानिया अल अब्दुल्लाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।