संसद्मा भड्किलो पोसाक लगाएर जान नपाइने

संसद्मा भड्किलो पोसाक लगाएर जान नपाइने


ग्लोब नेपाल
432
Shares

काठमाडौं । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो पोसाक लगाउन नपाइने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ ।