बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइयो

बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइयो


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो ।

प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गर्न लागिएको हो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार भएका छन् ।

प्रकरणकाे अनुसन्धानका क्रममा आजै नेपाली कांग्रेसका पूर्वसभासद आङ्वाटा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्नका लागि पुर्जी जारी गरिएको छ ।

यस प्रकरणमा अहिलेसम्म पूर्वगृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् ।