प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते

प्रहरीमा आत्मसमर्पण गरेका आङटावा शौचालयमा लडेर घाइते



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो ।

शेर्पालाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ । हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए । अहिले परिसरमै उनकाे बयान चलिरको छ ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।