सांसदको प्रश्न आउट भएकोमा रघुजी पन्तको आपत्ति

सांसदको प्रश्न आउट भएकोमा रघुजी पन्तको आपत्ति



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न लागिएका प्रश्नहरु आउट भएकोमा आपत्त जनाएका छन् ।

प्रतिनिधिसभामा जारी सांसद-प्रधानमन्त्री प्रश्नोत्तरका क्रममा उनले बरु स्कुल-कलेजका परीक्षाको प्रश्न र प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न आउट हुन नहुने तर्क गरे।

पन्तले भने, ‘सांसदहरूले सोध्ने प्रश्न संसद्‍मा सोधिनुअघि नै कसले आउट गर्‍यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यसरी प्रश्न बाहिर नपुर्‍याइयोस् ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले दिने उत्तर पनि आउट भएको भए त संसद् बैठक नै बस्नु पर्दैनथ्यो भनेर व्यंग्य गरे ।