काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वीट्जरल्यान्डको जेनेभा जाने भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत जेनेभा जान लागेका हुन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफूसहित ६ जनाको टोली आज राति २ बजे जेनेभा जान लागेको बताए ।
मन्त्री बस्नेत महासभामा सुरुको दुई दिन मात्र सहभागी हुनेछन् । जेनेभामा डब्लुएचओको महासभा मे २१ देखि ३० सम्म हुँदैछ ।
प्रतिक्रिया