माओवादीद्वारा सरकारको ४ बुँदे प्रगति सार्वजनिक

माओवादीद्वारा सरकारको ४ बुँदे प्रगति सार्वजनिक



काठमाडौं । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता भएका कानुनी, नीतिगत र व्यवहारिक कामका विषयमा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन ।