लगातार पाचौं दिनपनि बढ्यो नेप्से

लगातार पाचौं दिनपनि बढ्यो नेप्से



काठमाडौं । साताको दोस्रो कारोबार दिन आजपनि नेप्सेमा ८ अंकको वृद्धि भएको छ । पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचांक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१ बिन्दुमा पुगेको छ ।

नेप्सेमा वृद्धि हुँदा लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम अर्ब नाघेको छ । गत बिहीबार करिब डेढ अर्बको कारोबार भएकोमा आइतबार डेढ अर्ब माथिको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

१३३ कम्पनीको मुल्य बढेको दिन आज ७८ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । त्यस्तै १० कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२१ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ७८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयरमूलय भने स्थिर छ ।

जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको सेयरमूल्य ६.२३ प्रतिशतले वृद्धि भएको छ । यता ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.६७ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य २.७० प्रतिशतले गिरावट भएकाे छ ।