गणतन्त्रको विरोध गर्ने भीभीआईपीको सुविधा खोस्नुपर्छ : महासेठ

गणतन्त्रको विरोध गर्ने भीभीआईपीको सुविधा खोस्नुपर्छ : महासेठ



काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले विदेशमा गएर कतिपय उच्च पदस्थ व्यक्तिले नै गणतन्त्रको विरोध गरेको आफूले सुनेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने गणतन्त्रको विरोधमा विदेशीसँग छलफल गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले पूर्वराजा प्रति लक्षित गर्दै भने, ‘केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर, विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु– त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’