संसद्को अवरोध हटाउन सर्वदलीय छलफल जारी

संसद्को अवरोध हटाउन सर्वदलीय छलफल जारी



काठमाडौं । नेकपा एमालेले संसद् अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसूचारु गर्ने बारे सर्वपक्षिय छलफल जारी रहेको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा दलका प्रमुख सचेतक र सचेतक सहभागी रहेका छन् ।

जेठ १० गतेको संसद बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले आजको बैठक अवरोध गरेको हो ।