सांस्कृतिक कार्यक्रमसहित राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री दाहालकाे स्वागत

सांस्कृतिक कार्यक्रमसहित राज्यमन्त्री लेखीले गरिन् प्रधानमन्त्री दाहालकाे स्वागत



नयाँदिल्ली । बुधबार भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली अवतरण गरेका छन् । विमानस्थलमा अहिले उनको स्वागत गरिएको छ । विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।

दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका छन् ।

प्रधानमन्त्री दाहालको भ्रमण टोली चार दिने भारत भ्रमणका लागि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् ।

भ्रमण टोलीमा अर्थ मन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।