काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्रीको भनाइप्रति खेद प्रकट गरेका छन् ।
संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै उनले खेद प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको विधेयको विषय बताए पनि थापाले भने नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए ।
उनले प्रधानमन्त्रीप्रति खेद प्रकट गरेका विषयमा सभामुखले कुनै प्रतिक्रिया जनाएनन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए । त्यसपछि पुन प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि केहीवेर प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकिएको छ ।
त्यसपछि फेरि एमालेका अर्का सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्किृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए ।
उनले भने,‘अहिलेको विधेयकमा यो अनुसार छ ? यसलाई हिजोको अदालतको आदेशले पनि पुष्टि गरिसक्यो , त्यसैले यहाँ तपाईँले बहस गर्ने होइन । चुप लागेर बस्नुस् ।’
प्रतिक्रिया