निर्वाचन आयाेग र राजनीतिक दलबीच छलफल सुरु

निर्वाचन आयाेग र राजनीतिक दलबीच छलफल सुरु



काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीचकाे छलफल सुरु भएकाे छ ।

निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा आयाेगका अधिकारी र दलका प्रतिनिधिबीच छलफल चलिरहेकाे हाे ।

सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेपछि आयाेग रुष्ट बनेकाे आयाेगले दलहरूलाई छलफलमा बाेलाएकाे हाे ।

गृहमन्त्रालय मार्फत आयोगले सरकारसँग आपत्ति पनि जनाइसकेको छ । आयोगले आज मुख्यगरी जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा दलहहरूको धारणा बुझ्ने र आफ्नो अडानबारे थप प्रस्टीकरण दिने बताइएको छ ।

छलफलका पाँच एजेन्डा :