काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसकेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको दोस्रो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अप्ठेरोमा परेको बताए ।
‘प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,’ सिंहले भने । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिइन् । ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया