भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियन्ससिपको उपाधि

भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियन्ससिपको उपाधि



काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ । दोस्रो संस्करणको उपाधि भारतलाई पराजित गर्दै अस्ट्रेलियाले जितेको हो । इंग्याल्डको ओभल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलिया २०९ रनले विजयी भयो ।

टेस्टमा भारतले जितका लागि ४४४ रनको लक्ष्य पाएको थियो । तर, आइतबार पाँचौ दिन भारत २३४ रन बनाउँदा अलआउट भयो । र लगातार दोस्रोपटक फाइनलमा पुगे पनि उपविजेतामा सीमित हुन बाध्य भयो ।

खेलमा टस जितेर भारतले अस्ट्रेलियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिलो इनिंग्समा अस्ट्रेलियाले ट्रेभिस हेड र स्टिभ स्मिथले शतक बनाएपछि ४६९ रन बनाएको थियो । भारतले चने पहिलो इनिंग्समा २९६ रन मात्र बनाउन सकेको थियो ।

पहिलो इनिंग्सका आधारमा १७३ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंग्समा ८ विकेटमा २७० रन बनाउँदा डिक्लियर गरेको थियो । त्यसपछि भारतले ४४४ को पहाड जत्रो लक्ष्य पाएको थियो । जुन उसले पूरा गर्न सकेन ।

यसअघि २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल भारतलाई नै पराजित गर्दै न्यूजिल्यान्डले जितेको थियो ।