बालुवाटारमा गठबन्धन बैठक : विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने सहमति

बालुवाटारमा गठबन्धन बैठक : विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने सहमति



काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति भएकाे हाे ।

बैठकमा बजेटसहित पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएकाे र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा रहेकाे बताइएकाे छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।

बजेटमा नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । बैठकमा बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने सहमति भएको छ ।

नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको थियाे ।