युएईबिरुद्ध नेपालका कुशल र आसिफको अविजित ५० रन

युएईबिरुद्ध नेपालका कुशल र आसिफको अविजित ५० रन



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि मंगलबार नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जिम्बावेको ओल्ड हेनरिज मैदानमा भइरहेको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५० रन पूरा गरेका छन् ।

पहिलो जित निकाल्ने लक्ष्यमा रहेको नेपालका लागि भुर्तेलले २९ रन र शेखले १८ रन बनाएका हुन् । ११ ओभरको समाप्तिमा नेपाल ५१ रनसहित खेलिरहेको छ ।

विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक मात्रै टोली हो ।

विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ । नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।