समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक

समाजवादी मोर्चामा समेटिन बाबुराम सकारात्मक



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणमा समेटिन सकारात्मक रहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि बाबुरामले समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम र संगठनात्मक विधि निर्माणमा लाग्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रम पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसी, लगायतका शान्ति प्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो, देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भयो ।’ समाजवादी मोर्चाका विषयमा बाहिर चलेका हल्लामा नबग्न बाबुरामले सबैमा आग्रह गरेका छन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । प्रचण्डलाई बाबुरामले भेटेपछि मोर्चामा समेटिने बताएका छन् । अब वामदेव गौतमलाई पनि मोर्चामा समेट्ने गरी नेताहरु लागि परेका छन् ।