ओली र वामदेवबीच भेटवार्ता

ओली र वामदेवबीच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए । गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।