कांग्रेस जुम्लाका पूर्वसभापति एमाले प्रवेश

कांग्रेस जुम्लाका पूर्वसभापति एमाले प्रवेश



काठमाडौं । नेपाली कांग्रेसका जुम्लाका पूर्वसभापति नारायण शाही एमालेमा प्रवेश गरेका छन् । हाल पार्टीको महासमिति सदस्यसमेत रहेका उनी सोमबार बिहान अध्यक्ष केपी ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीले शाहीलाई एमालेमा स्वागत गरेका थिए । शाहीलाई पार्टी प्रवेश गराउन एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही, मोहन बानियाँसहितका नेताहरू पनि बालकोट पुगेका थिए ।