घोराही सिमेन्टको आईपीओ स्थगित

घोराही सिमेन्टको आईपीओ स्थगित



काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएकाे भन्दै जानकारी गराएको थियो ।

यसअघि बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाइ तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा अटेर गरेकाे र कुनै आधार बिना आईपीओकाे म्याद थप गरेकाे जनाउँदै आईपीओ निष्काशनकाे सम्पूर्ण प्रकृया स्थगन गरेकाे हाे ।