समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा

समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा



काठमाडौं । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए । नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाए । कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिवद्धता घोषणा गरिएको छ । दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ ।