मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : झलनाथ खनाल

मोर्चा सत्ता टिकाउने माध्यममात्र नबनोस् : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए ।

‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्’ उनले भने ।

मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई ल्याउनुपर्ने बताए ।

‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिर्तनकारीहरु, प्रगतिशीलहरु एकतावद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन । यो मोर्चा पहिलो पाइला मात्र हो । सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ’ उनले भने ।