मोर्चाबाट नतर्सन ओलीलाई माधव नेपालको आग्रह

मोर्चाबाट नतर्सन ओलीलाई माधव नेपालको आग्रह



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सजिलैसँग समाजवादी मोर्चा नेपालको नबनेको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा नेपालले धेरै छलफल गरेर बनेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउदै कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न मोर्चा नबनाएको बताए । ‘केही दिनअघि ओलीले मोर्चा कांग्रेसलाई तर्साउन बनाएको आरोप लगाएको बताएका थिए। ‘कुनै पार्टीलाई घुर्काउन बनाएका होइनौं, ढुक्क हुनुस्,’ उनले भने ।

उनले पहिलो पटक मोर्चा नबनाएको बताए। उनले ४८ सालमा र ६२/६३ को आन्दोलनमा पनि मोर्चा बनाएको बताए । ‘नेपालले गणतन्त्रलाई लिएर जाने आँट गरेका थियौं। २ वटै मोर्चाको अनुभव सकारात्मक रहे,’ उनले भने। उनले ओलीलाई तर्साउन मोर्चा नबनाएको भन्दै सहकार्यका लागि प्रस्ताव गरे,’ आउनुस्, हातेमालो गरौं । हामी कसैसँग मुकाबिला गर्न चाहदैनौं ।’