जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने छ ।