रास्वपाले चियापान गर्ने, क-कस्लाई गरिँदैछ आमन्त्रण ?

रास्वपाले चियापान गर्ने, क-कस्लाई गरिँदैछ आमन्त्रण ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो ।

चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।