शक्ति देखाउन समाजवादी मोर्चा गठन भयो : सांसद खतिवडा

शक्ति देखाउन समाजवादी मोर्चा गठन भयो : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सत्तारुढ गठबन्धनका केही दलहरुले आफूहरुलाई दह्रो शक्तिको रुपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका बताए ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले मोर्चामा आबद्ध दलहरुलाई पार्टी एकता नै गर्न सुझाव दिएका छन् ।

यस्तै सांसद खतिवडाले कांग्रेस सभापति र महामन्त्रीहरुलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् । एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने उनको भनाइ छ ।

उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने तर्क गरे ।