शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेलले गरिन् विवाह

शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेलले गरिन् विवाह



काठमाडौं । शेयर लगानीकर्ताकी नेतृ राधा पोखरेल वैवाहिक वन्धनमा बाँधिएकी छन् । उनी नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।

पोखरेलको बिहीबार राजधानीको चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग विवाह भएको हो ।

शेयर बजारबाट राम्रो सफलता हासिल गरेकी पोखरेल विभिन्न कम्पनीको सञ्चालक समेत छिन् । उनले शेयर बजारका लगानीकर्ताको पक्षको आवाज उठाउँदै आएकी छन् ।