वेस्ट इन्डिजविरुद्ध नेपालको छैटौँ विकेट गयाे

वेस्ट इन्डिजविरुद्ध नेपालको छैटौँ विकेट गयाे



काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालको छैटौँ विकेट गएकाे छ ।

नेपालले कुशल भुर्तेल, भीम सार्की र आसिफ शेख, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । २८.१ ओभरमा नेपालले १२९ रन बनाउँदा छैटौँ विकेट गुमाएको छ । यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, कुशल भुर्तेल पाँच रन र भीम सार्की दुई र कुशल मल्ल दुई रनमा आउट भएका थिए ।

यसअघि जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको हो । उत्कृष्ट सुरुवात गरे पनि नेपाली बलरसामू वेस्ट इन्डिजका मध्यक्रमका ब्याटर हावी भए ।

कप्तान साई होप र निकोलस पुरनले शतक बनाउँदै टिमलाई उकासे । कप्तान होपले १३२ रन बनाए । त्यस्तै, पुरनले ९४ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११५ रन बनाए । चौथो विकेटका लागि निकोलस पुरनले कप्तान साई होपसँग मिलेर २१६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई उकासे । रोभमन पावेलले २९ र जासन होल्डरले १६ रन बनाए ।