बजेट पुस्तिकाबिना संसदमा छलफल गराउन खोजेपछि एमालेको विरोध

बजेट पुस्तिकाबिना संसदमा छलफल गराउन खोजेपछि एमालेको विरोध



काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाए ।

उनले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए । छुट्टाइएको बजेट शीर्षकबारे सांसदहरूले अध्ययन नै नगरी कसरी छलफल हुन्छ भन्दै सचेतक बर्तौलाले प्रश्न उठाएपछि सभामुखले समयको चापका कारण छिटो बैठक सक्नुपर्ने बाध्यता स्मरण गराए ।

सभामुखको भनाईपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।