संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ



काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँद पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरु, म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्नुहुन आग्रह गर्दछु’ सभामुख घिमिरेले गृहमन्त्रीलाई रोक्दै रुलिङ गरे ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० मा बैठकमा पालना गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ । नियम २० को उपनियम ‘ञ’ मा भनिएको छ, ‘बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने ।’