कांग्रेस–एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शंशाक कोइराला

कांग्रेस–एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शंशाक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेस एमालेको सरकार बनाउने कुरा सुनेपनि पार्टी सभापति शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताए । नयाँ समीकरणबारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने उनले बताए ।

कोइरालाले पार्टी सभापति देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि बताए । उनले १५औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने पनि बताए ।