बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।