बजेटको पक्षमा मतदान गर्न माओवादी सांसदलाई ह्वीप

बजेटको पक्षमा मतदान गर्न माओवादी सांसदलाई ह्वीप



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ ।

सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार ह्वीप जारी गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बुधबार विनियोजन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेकाले माओवादीले आफ्ना सांसहरूलाई अनिवार्य उपस्थितका लागि आह्वानसमेत गरेको छ ।