बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार

बागमतीमा प्रतिपक्षीको योजना बजेटमा समेट्न सरकार तयार



हेटाै‌डा । बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रदेशसभाको अवरोध हट्ने भएको छ ।

प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको छ । प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिवद्धता जनाउने छन् ।

सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हट्ने भएकाे हाे ।