काठमाडौं । नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्ने निर्णय गरेको एक नेताले बताए ।
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।
सोही विषयमा एमालेले आपत्ति जनाउदै प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा अवरुद्ध गर्ने निर्णय गरेको हाे ।
प्रतिक्रिया