काठमाडौं । संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता भइरहेकाे छ । सत्ता गठबन्धनको बैठकलगत्तै केपी शर्मा ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका थिए ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा संसद्को अवरोध हटाउनेबारेमा छलफल भइरहेकाे प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएकाे छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल गरेका हुन् ।
प्रतिक्रिया