देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा

देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा



काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

बाँस्कोटाले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा जवाफ दिन माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार कु गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गरे ।

‘त्यसकारण उहाँले प्रतिपक्षलाई मात्रै होइन, जनतालाई स्पष्ट पार्नुपर्छ’, बाँस्कोटाको भनाइ छ ।