प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित



काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ ।