धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला



जनकपुरधाम ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरेका छन् । 

जनकपुरधाममा  आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् । 

उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउण्ड छ । प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन् । चुनावका बेलमा सँगै अघि बढ्का शक्तिहरु एक ठाउँमा छन् । जटिल मोडहरुमा एकतावद्ध भएका शक्तिहरु एक ठाउँमा छन् । यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरुको आशा पूरा हुँदैन ।’