मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति



काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित गर्ने सहमति भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो ।

मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण उक्त दिन संसदले काम गर्न सकेको थिएन ।

प्रतिनिधिसभाको बैठक आइतबार १ बजे बोलाइएको थियो । कार्यव्यवस्था समितिको बैठकका कारण प्रतिनिधिसभा सुरु हुन ढिलाइ भएको छ ।