कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने सभापति देउवाको प्रस्ताव

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने सभापति देउवाको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

साेमबार आफ्नै निवास धुम्बाराहीमा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन् ।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ । बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ ।

धुम्बाराही बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिए ।

भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव धेरै नेताहरूले सहमति जनाएकाे बताइएकाे छ । याेसँगै भोलिकाे बैठक लाइभ हुने भएकाे छ ।