कांग्रेस केन्द्रीय समिति बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक लाइभ गरिएको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई लाइभ गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो ।