नेसपा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा मानुषी

नेसपा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा मानुषी



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ ।

विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ ।

पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन विभागले काम गर्नेछ ।

नेसपाले साउन १ गतेदेखि संगठन सुदृढीकरण अभियानसमेत सञ्चालन गरेको छ ।