संसदीय समितिमा मागियो गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदीय समितिमा मागियो गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा



काठमाडौं । मिनी संसदमा रुपमा चिनिने संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिएको छ । 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।

गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटना लिएर सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताए ।