रास्वपा बझाङका संयोजक खड्का निलम्बित

रास्वपा बझाङका संयोजक खड्का निलम्बित



काठमाडौं । पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ ।

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । घटनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

खड्काविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको छ ।

खड्काले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर पीडित पक्षले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बझाङको सामुदायिक रेडियाे खप्तड आवाजमा कार्यरत पत्रकार मण्डेललाई सोमबार घरबाटै अपहरण गरेर होटल होली डे इनमा लगेर कुटपिट गरेको दाबी छ ।