एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने

एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने



काठमाडौं । आजकाे प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएकोले संसदमा याे कुरा जोडदार रुपमा उठाउने तयारी गरिएकाे एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले जानकारी दिए ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।